दफा २४२
भिन्न भएको हकवालाले अपुताली पाउने

(१) सगोलको हकवालाले स्याहार सम्भार नगरी कुनै व्यक्ति आफ्नो अंश लिई भिन्न बसेको हकवालासँग बस्न गएको अवस्थामामृत्यु भएमा निजको अपुताली त्यस्ता भिन्न भएका हकवालाले पाउनेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्ति आफ्नो अंश केही नलिई केही दिनको लागि मात्र कुनैहकवालासँग बस्न गएको अवस्थामा निजको मृत्यु भएमा त्यसरी पछि बस्न गएका हकवालाले अपुताली पाउने छैन ।